सुरज र अनुको स्वरमा ‘हावा चल्यो सिरिरी’ सार्वजनिक

0 Shares

काठमाडौं — नयाँ नेपाली गीत हावा चल्यो सिरिरी औपचारिक रूपमा सार्वजनिक गरिएको छ। गीतमा गायक सुरज पौडेल र गायिका अनु चौधरी को सुमधुर स्वर सुन्न सकिन्छ।

गीतका शब्द प्रमोद ढुंगाना ले लेखेका हुन् भने संगीत तथा एरेन्जमेन्ट मनोज चौलागाईं ले गरेका हुन्। रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।

भिडियो निर्देशन नितिन चन्द ले गरेका छन् भने कोरियोग्राफी रोहित सिंह ठकुरी ले सम्हालेका छन्। भिडियोमा मोडेल कमल सिंहजुना कार्की को अभिनय देख्न सकिन्छ।

मेकअप एकता भण्डारी, सम्पादन सौखिन तिमल्सिना र ग्राफिक डिजाइन सन्तोष पनेरु ले गरेका छन्। भिडियोको निर्माण निल प्रसाद ईटनी ले गरेका हुन्।

भिडियोको छायांकन भक्तपुरको गुन्डु क्षेत्रमा गरिएको हो। डिओपीको जिम्मा विनोद बिष्ट ले सम्हालेका छन् भने प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन्। यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।

यो गायक सुरज पौडेल को १०औं म्युजिक भिडियो हो। गीत म्युजिक मन्त्र युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार

सबै