चकलेटी लुक्सका कारण युवतीहरूको मनमा राज गर्ने सलिमान बानियाँ अब ‘लभर ब्वाई’ मात्र रहेनन्। आफ्नो जन्मदिनको अवसरमा सलिमानले ‘युनीभर्सिटी अफ गुण्डाज्’ (University of Gundas) को टिजर सार्वजनिक गर्दै सबैलाई झट्का दिएका छन्। फिल्म ‘यात्रा’ पछि लामो समय गायब भएका सलिमानले यो मौनता केवल ‘रिजर्भ’ बस्नका लागि मात्र प्रयोग गरेका रहेछन् भन्ने कुरा टिजरमा देखिएको उनको ‘बबाल’ एक्सनले प्रमाणित गरेको छ।
१ मिनेट १२ सेकेण्ड लामो यो टिजरमा सलिमानसँगै सलोन बस्नेतको पनि डरलाग्दो एक्सन देख्न सकिन्छ। यी दुई मिल्ने साथीहरू आफ्नो ग्याङको वर्चस्वका लागि कुन हदसम्म जान्छन् भन्ने झलक टिजरले दिएको छ। सान्भी इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् भने कथा स्वयं सलिमानले लेखेका हुन्।
यो केवल टिजर मात्र होइन, सलिमान र सलोनको फिल्मी करियरकै सबैभन्दा ठूलो ‘ट्रान्सफर्मेसन’ पनि हो। के यी ‘गुण्डा’ हरूले नेपाली फिल्म क्षेत्रको एक्सन परिभाषा बदल्लान् त? त्यो भने ट्रेलर र फिल्म रिलिज पछि नै थाहा हुनेछ।