0
Shares
रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ९५ हजार ५०० रुपैयाँ नगद, ५० वटा क्यासिनो क्वाइन र १७ थान मोबाइल फोन बरामद गरिएको छ।
त्यसैगरी, पोखरा महानगरपालिका–१३ काहुँखोलास्थित इटजोन खाजा घरमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय रामबजारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट ७७ हजार १८० रुपैयाँ नगद र ८९९ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ।