सुरु भयो ‘छ माया छपक्कै २’ को छायांकन

0 Shares

सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला ‘छ माया छपक्कै २’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ।

दीपक–दीपाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको बुधबार काठमाडौंको गागलफेदीबाट छायांकन थालिएको हो।

पहिलो दिन अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारीको दृश्य खिच्दै फिल्मको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्मको निर्देशन दीपेन्द्र लामा गर्दैछन्। सामाजिक–राजनीतिक कथावस्तुमा आधारित यो फिल्म आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको हो।

Shooting Begins for ‘Chha Maya Chhapakkai 2’

निर्माता रोहित अधिकारी रहेका फिल्मको छायांकन दुई चरणमा हुनेछ। पहिलो चरणमा ३० दिन र दोस्रो चरणमा २० दिन गरी कुल ५० दिन छायांकन गर्ने योजना रहेको छ।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकारबारे भने अझै खुलाइएको छैन।

‘छ माया छपक्कै २’ आगामी दसैंको फूलपातीमा प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ।

सम्बन्धित समाचार

सबै