0
Shares
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडाबाट प्रहरीले १४८ केजी गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एम्बुलेन्स चालकसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समा सवार २१ वर्षीय मोहमद सदाम रहेका छन्।
सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेबेका अनुसार नियमित जाँचका क्रममा शंका लागेपछि एम्बुलेन्स खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।