0
Shares
गायक भूषण खतिवडा र गायिका शान्ति श्री परियारको आवाजमा रहेको नयाँ गीत ‘माया बराबर’ सार्वजनिक भएको छ।
फिन्जु पाख्रिनको प्रेमिल शब्द र भूषण खतिवडाकै सङ्गीतले सजिएको यो गीत ‘नेपमेलो’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियो पनि मर्मस्पर्शी र मनोरञ्जनात्मक रूपमा तयार पारिएको छ। वास्तविक जीवनका जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई प्रस्तुत गरिएको भिडियोमा उत्सव दाहालको उत्कृष्ट छायाङ्कन रहेको छ।
यसमा लक्ष्मी र जीवनसँगै सागर दाहाल र विशाल पहारीको अभिनयले थप रौनकता दिएको छ।
संगीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार, र श्यामस्वेत रसाइलीको मिक्सिङ-मास्टरिङले गीतलाई सुमधुर बनाएको छ।
भिडियोको निर्देशन कलाकार जोडी लक्ष्मी र जीवनले नै गरेका हुन्।