‘लालीबजार’ प्रदर्शनमा लागेको कानुनी अवरोध हट्यो, उच्च अदालतले गर्‍यो बाटो खुला

0 Shares

फिल्म ‘लालीबजार’ प्रदर्शनमा लागेको कानुनी अवरोध हटेको छ। उच्च अदालत पाटनले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएको भन्दै फिल्म प्रदर्शनको बाटो खुला गरिदिएको हो।

न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले दिएको आदेशमा रिट निवेदनमा उठाइएका विषय अन्तिम सुनुवाइका क्रममा विचार हुन सक्ने उल्लेख गर्दै तत्काल रोक जारी राख्नुपर्ने अवस्था नरहेको जनाएको छ।

Court Clears Way for Release of Film ‘Lalibazar’

अदालतको आदेशमा भनिएको छ, “रिट निवेदनमा माग गरिएको विषयवस्तु अन्तिम सुनुवाइमा विचार हुन सक्ने देखिएकाले वैशाख १५ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन।”

यससँगै फिल्म ‘लालीबजार’ अब प्रदर्शनका लागि कानुनी रूपमा खुला भएको छ।

सम्बन्धित समाचार

सबै