‘मालती मंगले’को प्रिमियरमा प्रशंसाको वर्षा, रबीदेखि मदनकृष्णसम्म किन बने प्रभावित ?

0 Shares

काठमाडौं ।आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म मालती मंगले को ग्रान्ड प्रिमियर काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। प्रिमियरमा सहभागी कलाकार, सञ्चारकर्मी, राजनीतिक व्यक्तित्व र दर्शकहरूले फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन्।

२ घण्टा ३८ मिनेट लामो फिल्मले उठाएको सामाजिक तथा भावनात्मक विषयवस्तु र त्यसको प्रभावशाली प्रस्तुतिले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्न सफल भएको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।

फिल्ममा विजय बराल को स्वाभाविक अभिनयले फेरि एकपटक दर्शकको मन जितेको छ भने वर्षा राउत ले आफ्नो करियरकै उत्कृष्ट अभिनय दिएको भन्दै व्यापक प्रशंसा पाएकी छन्। टेलिभिजन कमेडीमार्फत परिचित मेक्सम गौडेल ले पनि यस फिल्मबाट ठूलो पर्दामा प्रभावशाली उपस्थिति जनाएका छन्। दर्शकहरूले उनको अभिनयलाई फिल्मको प्रमुख आकर्षणमध्ये एक मानेका छन्।

फिल्मको प्रिमियरमा रबी लामिछाने पनि सहभागी भएका थिए। निर्माता तथा गायक रामकृष्ण ढकाल का पुराना मित्रसमेत रहेका लामिछानेले फिल्मले नेपाली समाजले सुन्नैपर्ने कथा उठाएको प्रतिक्रिया दिए।

‘Malati Mangle’ Wins Praise at Grand Premiere, Ravi Lamichhane and Madan Krishna Impressed

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “धेरै समयपछि फिल्म हेर्ने मौका पाएँ। फिल्ममा कमेडी, भावना, अभिनय र संवाद सबै पक्ष सन्तुलित छन्। निर्देशक नयाँ भए पनि प्रस्तुति निकै परिपक्व लाग्यो। फिल्म हेर्दा म हाँसेँ पनि, भावुक पनि भएँ।”

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ले पनि फिल्मको खुलेर प्रशंसा गरेका थिए। प्रिमियरमा कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्री लगायत फिल्मकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

मालती मंगले लाई रानी फिल्म्स ले युनि इन्टरटेन्मेन्ट सँगको सहकार्यमा निर्माण गरेको हो। फिल्मको कथा तथा निर्देशन प्रकु पाण्डेय ले गरेका हुन् भने पटकथा र संवाद संयोग गुरागाईँ ले लेखेका हुन्।

फिल्ममा विजय, वर्षा र मेक्समका साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौलासुनिल तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको फिल्मलाई आरआर फिल्म्स ले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै