‘१२ गाउँ २’ मा राज हमालको कमब्याक, कालु राना पनि पुनः देखिने

0 Shares

काठमाडौं ।
निर्देशक तथा अभिनेता बिराज भट्ट को बहुप्रतिक्षित फिल्म १२ गाउँ २ मा पुराना र नयाँ कलाकारहरूको सहभागिताले दर्शकमाझ उत्साह बढाएको छ। फिल्मको छायांकन सुरु भएसँगै कलाकार लाइनअप सार्वजनिक हुन थालेपछि फिल्मप्रति चासो थपिएको हो।

निर्माण टिमका अनुसार अभिनेता राज हमाल करिब दुई दशकपछि नेपाली फिल्ममा पुनरागमन गर्दैछन्। उनले यसअघि बाटुली, जय शिव शंकरम छुनी तिम्रो लगायत थुप्रै चर्चित फिल्ममार्फत दर्शकमाझ लोकप्रियता कमाएका थिए। १२ गाउँ २ मार्फत उनको कमब्याकलाई नेपाली फिल्म क्षेत्रको महत्वपूर्ण पुनरागमनका रूपमा हेरिएको छ।

Raj Hamal Set for Comeback in ‘12 Gaun 2’, Kalu Rana Returns in Sequel

यसैबीच, पहिलो भाग १२ गाउँ मा अभिनेता बिराज भट्टको ‘किक’ लागेर नाक भाँचिने दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहने भएका छन्। पहिलो फिल्ममा उनको भूमिकाले दर्शकको विशेष ध्यान तानेको थियो।

निर्माण टिमका अनुसार फिल्मको छायांकन अहिले तीव्र रूपमा भइरहेको छ। एक्सन, ड्रामा र पारिवारिक भावनालाई समेटेर निर्माण भइरहेको फिल्मलाई यस वर्षको दशैं फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ।

फिल्ममा बिराज भट्ट सहित नयाँ तथा चर्चित कलाकारहरूको अभिनय रहने निर्माण पक्षले जनाएको छ। पहिलो भागको सफलतापछि १२ गाउँ २ प्रति दर्शकको अपेक्षा अझ बढेको दाबी निर्माण टिमको छ।

सम्बन्धित समाचार

सबै