चेन्नई । तमिल सुपरस्टार रजनीकान्त ले अभिनेता तथा राजनीतिज्ञ विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
हालै सञ्चारकर्मीहरूले विजयको राजनीतिक भविष्यबारे जिज्ञासा राख्दा रजनीकान्त मुस्कुराउँदै अघि बढेका थिए। उनले कुनै स्पष्ट प्रतिक्रिया नदिएपछि उनको मौन शैली अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
विजयले केही समयअघि मात्रै आफ्नो राजनीतिक दल घोषणा गर्दै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। त्यसयता उनी आगामी दिनमा तमिलनाडुको राजनीतिमा महत्वपूर्ण शक्ति बन्न सक्ने चर्चा चुलिएको छ।
रजनीकान्तको मुस्कानलाई धेरैले अर्थपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई विवादबाट टाढा रहने उनको शैलीका रूपमा हेरेका छन्।
दक्षिण भारतीय फिल्म उद्योगका दुई प्रभावशाली स्टार रजनीकान्त र विजयको नाम जोडिएको यो घटनाले अहिले मनोरञ्जनसँगै राजनीतिक वृत्तमा पनि चर्चा पाएको छ।
VIDEO | Chennai: Tamil Superstar Rajinikanth smiles and leaves when asked about C Joseph Vijay becoming CM.
(Full video available on PTI Videos – https://t.co/n147TvrpG7) pic.twitter.com/t6reQ2YhjD
— Press Trust of India (@PTI_News) May 12, 2026