समीर भट्ट कुनै नयाँ फिल्ममा जोडिएका छैनन्, बिराज भट्ट फिल्म प्रालीद्वारा समाचारको खण्डन

0 Shares

काठमाडौं । अभिनेता समीर भट्ट कुनै नयाँ फिल्ममा आबद्ध भएको भन्ने समाचारको बिराज भट्ट फिल्म प्रालीले खण्डन गरेको छ।

प्रालीले एक आधिकारिक सूचना जारी गर्दै समीर भट्ट र बिराज भट्टको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाएको हो।

सूचनामा समीर भट्टले कुनै पनि फिल्ममा अभिनय गर्ने विषयमा हालसम्म कुनै व्यक्ति वा संस्थासँग औपचारिक छलफल, बैठक वा सहमति नगरेको उल्लेख छ। सम्बन्धित पक्षसँग तथ्य पुष्टि नगरी अतिरञ्जित समाचार सार्वजनिक भइरहेको भन्दै प्रालीले समाचार सम्प्रेषण गर्नुअघि सत्यतथ्य बुझ्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

त्यस्तै, प्रालीले आफ्नो आगामी फिल्म ‘१२ गाउँ २’ छिट्टै विभिन्न देशमा प्रदर्शन गर्ने तयारी भइरहेको समेत जानकारी गराएको छ।

 

सम्बन्धित समाचार

सबै