निर्देशक सौरभ चौधरी यतिबेला नयाँ फिल्म ‘कर्मा’को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन् ।
सिनेमामा उनी विपिन कार्कीको जोडी हुनेछिन् ।
उपासना र विपिन पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । विपिन एक्सन अवतारमा प्रस्तुत हुनेछन् ।
यसैगरी नकारात्मक भूमिकामा अभिनेता मुकुन भुसाललाई अनुबन्धित गरिएको छ।
उनी पहिलोपटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।
‘क्याप्टेन’बाट नेपाली रजतपटमा डेब्यू भएकी उपसनाले ‘कबड्डी कबड्डी कबड्डी’, ‘दुई नम्बरी’ र ‘खुस्मा’बाट हिटमा ह्याट्रिक गरिसकेकी छन् । ‘बुलबुल’बाट परिचय बनाएका मुकुन अभिनित ‘पूर्ण बहादुरको सारङ्गी’ले हाल घरेलु बक्स अफिसमा प्रतिदिन कीर्तिमानी व्यापार गरिरहेको छ ।
दाङ तथा रुकुममा सिनेमा खिचिने जनाइएको छ । फिल्म निर्देशक चौधरीले नै लेखेका हुन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता वसन्त लम्साल हुन् । सिनेमा चैत २९ गते रिलिज हुने जानकारी दिइएको छ ।