‘बिगुल’ फागुन १ बाट देशव्यापी प्रदर्शनमा आउँदै

0 Shares

काठमाडौं, ०५ माघ — चलचित्र ‘बिगुल’को नयाँ प्रदर्शन मिति तय भएको छ। कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार, फिल्म फागुन १ गते देशभरका हलमा प्रदर्शनमा आउनेछ।

निर्देशक रमेश कोइरालाको निर्माण रहेको यस चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, र रबिन्द्र खड्का सहित नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन्।

फिल्मले देशको वर्तमान राजनीतिक अवस्था, आम नेपालीको जनभावना र सामाजिक परिस्थितिसँग मेल खाने विषयवस्तु प्रस्तुत गरेको छ। प्रदर्शनअघि सार्वजनिक गीत, ट्रेलर र टिजरले दर्शकको मन जितिसकेको छ।

फिल्म काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टद्वारा वितरित हुनेछ। छायांकन शिव ढकाल, द्वन्द निर्देशन एनबी महर्जन, सम्पादन तारा थापा किम्भे, र गीतमा संगीत विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल, मनोज चौलागाईको रहेको छ। पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले तयार पारेका छन्।

सम्बन्धित समाचार

सबै