किन रिलिज हुन सकिरहेको छैन विजयको ‘जन नायकन’?

0 Shares

दक्षिण भारतीय सुपरस्टार विजय अभिनीत बहुप्रतिक्षित फिल्म ‘जना नायकन’को प्रदर्शन अन्योलमा परेको छ। सुरुमा २०२६ जनवरी ९ मा रिलिज हुने तय गरिएको फिल्म विभिन्न कानुनी र सेन्सर समस्याका कारण बारम्बार स्थगित भएको हो।

भारतीय मिडिया रिपोर्टअनुसार फिल्मलाई केन्द्रीय फिल्म प्रमाणन बोर्डले थप समीक्षाका लागि निर्वाचन आयोगमा पठाएपछि यसको रिलिज झन् अनिश्चित बनेको छ।

फिल्म राजनीतिक विषयवस्तुमा आधारित भएकाले चुनावी आचारसंहितासँग जोडिएर विवाद बढेको बताइएको छ। विशेषगरी तमिलनाडुमा निर्वाचन नजिकिँदा फिल्मका केही संवाद र दृश्यले मतदातामा प्रभाव पार्न सक्ने भन्दै नियामक निकायले चासो देखाएको हो।

यसैबीच, सेन्सर बोर्डबाट पटक–पटक संशोधन मागिनु, प्राविधिक समस्या तथा पुनः समीक्षा प्रक्रियाले पनि फिल्मको प्रदर्शनमा ढिलाइ भएको जनाइएको छ।

निर्देशक एच. विनोथ को यो फिल्म विजयको सम्भावित अन्तिम फिल्म मानिएको छ, किनकि उनी सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्।

रिपोर्टहरूका अनुसार फिल्म अब चुनावपछि मात्र रिलिज हुनसक्ने अनुमान गरिएको छ, सम्भावित नयाँ मिति मे वा जुन २०२६ हुन सक्ने बताइन्छ।

लामो समयदेखि निर्माण टिम मौन बस्दा फिल्मको भविष्यबारे थप अन्योल र आर्थिक दबाबसमेत बढिरहेको बताइएको छ।

सम्बन्धित समाचार

सबै