शोभित बस्नेत निर्देशित ‘जाला जोबन’मा सलोन र विमलाको जोडी

0 Shares

काठमाडौं । सलोन बस्नेत र विमला खत्रीको अभिनय रहेको डान्सिङ गीत ‘जाला जोबन’ सार्वजनिक भएको छ। शोभित बस्नेतको निर्देशनमा तयार भएको गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

विवाहको मौसमलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा सीडी विजय अधिकारी र शान्तिश्री परियारको स्वर छ। अर्जुन पोखरेलले संगीत भरेको गीतका शब्द मुक्त उदासले लेखेका हुन्।

भिडियोमा सलोन र विमलालाई आकर्षक जोडीका रूपमा प्रस्तुत गरिएको छ। मौसम हिमालीको कोरियोग्राफी तथा सौरभ लामाको छायांकन रहेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

सान्भि इन्टरटेन्मेन्टको यो पहिलो म्युजिक भिडियो हो। कम्पनीकी करिश्मा केसीले पहिलो प्रस्तुतिका रूपमा दर्शकको माया पाउने अपेक्षा व्यक्त गरेकी छन्।

निर्देशक शोभित बस्नेतले आगामी दिनमा फिल्म र म्युजिक भिडियोसँगै सिरिज तथा पोडकास्ट निर्माण गर्ने योजना सुनाए। आफूहरू पर्दापछाडि बसेर काम गर्ने र छोरा सलोनलाई अगाडि बढाउने उनको भनाइ छ।

गीत सार्वजनिक गर्न आफ्नो अस्ट्रेलिया फर्किने कार्यक्रमसमेत पछाडि सारेकी मोडल विमला खत्री भोलि अस्ट्रेलिया फर्किने तयारीमा छिन्।

सम्बन्धित समाचार

सबै