काठमाडौं । नेपाली फिल्म ‘३६ को आँकडा’ को पहिलो गीत ‘जति उँदै गयो’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भाव बोकेको गीतमा लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको छ । गीतका शब्द तथा संगीत सुरेश अधिकारीले तयार पारेका हुन् ।
फिल्मका निर्देशक सविर श्रेष्ठ हुन् ।
सार्वजनिक गीतको भिडियोमा अभिनेत्रीहरू निरुता सिंह, रेखा थापा र पूजा शर्मा तथा अभिनेता महेश त्रिपाठी र पुष्प खड्कालाई देख्न सकिन्छ । भिडियोमा कलाकारहरूको भावनात्मक अभिनय र प्रस्तुत नाटकीय दृश्यले फिल्मको कथावस्तुप्रति दर्शकमा उत्सुकता जगाउँछ ।
गीतले पारिवारिक सम्बन्ध, भावना र संघर्षका पक्षलाई संकेत गरेको छ । अञ्जु पन्तको सुमधुर स्वर तथा सुरेश अधिकारीको शब्द र संगीतले गीतलाई भावनात्मक बनाएको छ ।
आगामी मंसिर १७ गते (डिसेम्बर ३) देखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा रहेको फिल्मको यो दोश्रो गीत हो । सार्वजनिक गीतमार्फत निर्माण पक्षले फिल्मको भावनात्मक पक्ष र कलाकारहरूको चरित्रलाई दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेको छ ।
गीतले फिल्मप्रति दर्शकको चासो कति बढाउँछ भन्ने आगामी प्रतिक्रियाले देखाउनेछ ।