नेपाली फिल्ममा नयाँ कथावस्तु र फरक प्रस्तुतिको खोजी भइरहेका बेला ‘हिमालयन गोल्ड’ले दर्शकको ध्यान खिचेको छ। गत शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन सुरु गरेको धीराज राजवंशी निर्देशित फिल्मले दर्शकबाट प्रशंसात्मक प्रतिक्रिया पाइरहेको छ।
फिल्म हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, कलाकारको अभिनय र दृश्य प्रस्तुतिको प्रशंसा गरेका छन्। विशेषगरी हिमाली भूगोल, गुफाका दृश्य र अन्तर्राष्ट्रियस्तरको मेकिङले आफूहरूलाई नयाँ अनुभव दिएको उनीहरूको भनाइ छ।
केही दर्शकले त ‘हिमालयन गोल्ड’लाई हलिउडको झल्को दिने नेपाली फिल्मका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार फिल्मको सिनेम्याटोग्राफी, सस्पेन्स र कथाको बहावले सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राख्छ।
एक दर्शकले फिल्मको कथा र सस्पेन्सलाई विशेष मन पराएको बताए। ‘हरेक दृश्यपछि अब के हुन्छ भन्ने कौतूहलता जागिरहन्छ। नेपाली फिल्ममा यस्तो खालको सस्पेन्स र थ्रिलरको अनुभव विरलै गरेको थिएँ,’ उनले भने। फिल्मले नेपाली फिल्मको स्तर अन्तर्राष्ट्रिय तहसम्म पुग्न सक्ने विश्वास जगाएको उनको प्रतिक्रिया थियो।
अर्का दर्शकले हिमाली क्षेत्र र गुफाका दृश्यको छायांकनलाई फिल्मको बलियो पक्ष मानेका छन्। नेपाली फिल्ममा कमै देखिने यस्ता दृश्यलाई प्रभावकारी ढंगले पर्दामा उतारिएको उनीहरूको भनाइ छ।
फिल्मको अर्को आकर्षण ठेट नेपाली भाषा र स्थानीय लवज बनेको छ। यद्यपि, केही दर्शकले संवादमा प्रयोग गरिएको भाषा अलि कडा लागेको बताएका