कमेडी च्याम्पियनका स्टार भरतमणि र सुमनले सुरु गरे ‘शुभ’ पडकास्ट

0 Shares

नेपालको पहिलो हास्य प्रतिस्पर्धा कमेडी च्याम्पियनका दुई स्टार भरतमणि पौडेल र सुमन कोइरालाले पडकास्ट सुरु गरेका छन् ।

उनीहरुले मनोरञ्जन तथा अन्य क्षेत्रका सेलिब्रेटीलाई समेट्ने गरी ‘शुभ’ पडकास्ट सुरु गरेका हुन् ।

भरत कमेडी च्याम्पियन सिजन दुईका विजेता हुन् भने सुमन पहिलो सिजनका रनर अप हुन् ।

भरत र सुमन दुवैले फुर्सदको सदुपयोगसँगै सम्बन्ध विस्तारका लागि पडकास्ट सुरु गरेको बताएका छन् ।

‘जानेर नजानेर यो क्षेत्रमा आइयो र जानेको काम पनि यही नै भयो । यही कामको दायरालाई विस्तार गरौँ भन्ने लागेर पडकास्ट सुरु गरेका हौँ ,’ भरत र सुमनको भनाइ छ ।

पडकास्टमा भरत र सुमन दुवै आमने सामने भएर अतिथिसँग कुरा गर्छन् ।

पहिलो भागमा उनीहरुले प्रियंका कार्की, गम्भीर बिष्ट र आश्मा विश्वकर्मासँग कुरा गरेका थिए ।

आगामी पडकास्टमा उनीहरुले राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, इन्दिरा जोशी, महेश काफ्ले, नम्रता श्रेष्ठ, सलोन बस्नेत आदिसँग कुराकानी गरेका छन् ।

पडकास्टमा १२ भाग खिचिसकेको र यसपछिका शृंखलामा मनोरञ्जनसँगै अन्य क्षेत्रका सेलिब्रेटीसँग कुरा गर्ने योजना रहेको दुवैले बताए ।

 

सम्बन्धित समाचार

सबै