0
Shares
अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयङ्का म्युजिक भिडियोबाट नेपाली रजतपटमा प्रवेश गरेकी छन्।
आयङ्का अभिनित म्युजिक भिडियो ‘बालापनको उमेर २’ शुक्रबार युट्युबमा रिलिज भएसँगै उनको रजतपट यात्रा सुरु भएको हो ।
यो म्युजिक भिडियोबाट उनीसँगै कलाकार सरोज ओलीकी ६ वर्षिया छोरी आन्भीले पनि डेब्यु गरेकी छिन् ।
म्युजिक भिडियोमा प्रियंकाले पनि काम गरेकी छन्
वसन्त सापकोटाको शब्द र संगीतमा तयार भएको गीतमा सुरक्षा बाठा मगरले स्वर दिएकी छन् ।
मौसम हिमालीले गीतको कोरियोग्राफी र भिडियो निर्देशन गरेका हुन् ।
‘बालापनको उमेर’ ६ वर्षअघि रिलिज भएको ‘नाइँ नभन्नु ल ५’मा समावेश भएको थियो । सापकोटाकै शब्द संगीत रहेको गीतलाई सो समयमा समीक्षा अधिकारीले गाएकी थिइन् ।