‘पूजा, सर’ले पुनः पुरानै नाम राख्यो, नेपालमा ‘राजागंज’ नाममै चैत १ मा रिलिज हुने

0 Shares

‘पूजा, सर’ले पुनः नाम फेर्‍यो, नेपालमा ‘राजागंज’ नाममै चैत १ मा रिलिज हुने

संसारका विश्वप्रसिद्ध सिनेमा महोत्सवमा ‘पूजा, सर’ नाममा प्रदर्शन भएको सिनेमाले नेपालको रिलिज मिति घोषणा गरेको छ।

दीपक रौनियार निर्देशित सिनेमा नेपालमा ‘राजागंज’ नामबाट सार्वजनिक प्रदर्शनमा आउनेछ। सिनेमाको निर्माण घोषणा हुँदा राखिएकै नामबाट सिनेमा नेपालमा रिलिज गरिन लागिएको हो।

निर्देशक रौनियार ‘हाइवे’ तथा ‘ह्वाइट सन’ जस्ता सिनेमाका लागि चर्चित छन्।

निर्माण टिमले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सिनेमा आगामी चैत्र १ गतेबाट नेपालभर रिलिज हुने जनाएको हो ।

नेपालमा यो सिनेमालाई टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्दैछन्।

सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता ठुला सिनेमा महोत्सवमा तारिफ बटुलिसकेको छ। हालै बलिउडका चर्चित निर्देशक अनुराग कश्यप यो सिनेमामा कार्यकारी निर्माताका रुपमा जोडिएपछि सिनेमाको चर्चा नेपाली सिनेनगरीमा थप चुलिएको छ।

निर्देशक कश्यपले केहीदिन अघि विश्वप्रसिद्ध मिडिया भेराइटीमा दिएको अन्तरवार्तामा आफु दीपक रौनियार निर्देशित सिनेमा ‘ह्वाइट सन’ हेरेदेखि उनको फ्यान भएको बताएका थिए ।

सोसल ड्रामा तथा एक्सन जनरामा कथा भन्ने सिनेमामट आशा मगराती मुख्य भूमिका छिन् ।

सिनेमामा आशाको साथमा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।

सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ स्वीट्जरल्यान्ड, जर्मनी, अस्ट्रिया यूके र आयरल्यान्ड जस्ता देशमा पनि बिक्री भइसकेको जनाइएको छ । सिनेमाले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

मुम्बई सिनेमा महोत्सवमा ‘राजागञ्ज’को रेडकार्पेट प्रिमियर (फोटो फिचर) छुट्टै राख्ने

सम्बन्धित समाचार

सबै