हेर्नुस् कस्तो बन्यो ‘तेल भिसा’को तेश्रो गीत ‘कति रमाइलो’

0 Shares

‘तेल भिसा’ सिनेमाको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक भएको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘कति रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको छ भने आशिषको साथ अन्जु पन्तको युगल स्वर रहेको छ।

गीतको भिडियोमा सिनेमाकी मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।

‘कति रमाइलो’ अमेरिकामा खिचिएको हो ।

शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर प्रस्तुत छन् ।

उनीहरुसँगै सिनेमाका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेसमेत गीतको भिडियोमा फिचर्ड भएका छन् ।

शंकर घिमिरे सिनेमाका निर्देशक हुन्।

मंसिर ७ गते रिलिज हुने सिनेमामा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । सिनेमामा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिका निभाएका छन् ।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् ।

सिनेमाको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । सिनेमामा सुशन प्रजापतिको छायांकन छ ।

सम्बन्धित समाचार

सबै