
‘देववाणी’को टिजर सार्वजनिक भएको छ ।
सिनेमा आगामी मंसिर ७ गते अल नेपाल रिलिज हुँदैछ।
बाबु साहेब बलामीको निर्देशनमा तयार भएको सिनेमाको सार्वजनिक गरिएको टिजरमा सिनेमाका पृमुख कलाकार कुन्दन भारद्वाजलाई केन्द्रमा राखिएको छ।
टिजरमा कुन्दनसँगै अनुजा लेप्चा, सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई पनि स्थान दिइएको छ।
मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । निर्माण पक्षका अनुसार सिनेमा नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ ।
निराजन मेहता मन्जिलको पटकथा तथा संवाद रहेको सिनेमामा हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन छ।
मौसम सिनेमास् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलको अभिनय छ ।