0
Shares

‘रंगी’ सिनेमाको छायांकन सुरु भएको छ ।
मंगलबारबाट सिनेमाको छायांकन सुरु भएको हो । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई सुरेश न्यौपानेले निर्देशन गर्दैछन् ।
सुरेशको यो डेब्यू निर्देशन हो । यसअघि उनले सिनेमा ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।
सिनेमाको छायांकन अवधि ३० दिन रहेको जानकारी निर्माणपक्षले दिएको छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने यो सिनेमाले बाबु र छोरी बिचको कथा प्रस्तुत गर्नेछ।
सक्षम सुवेदीले निर्माण गर्ने सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहनेछ ।