
‘मिसिङः केटी हराएको सूचना’ सिनेमाले आफ्नो दोस्रो टिजर सार्वजनिक गरेको छ ।
सिनेमा कार्तिक ३० गते रिलिज हुँदैछ।
सार्वजनिक टिजरमा मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ । जसमा प्रेमको उतारचढाव, द्वन्द्व र रहस्यलाई समेटेको छ ।
‘मिसिङः केटी हराएको सूचना’ले रहस्य र प्रेमको कथा मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सिनेमामा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक
दीपेन्द्र गौचन सिनेमाका निर्देशक हुन् । सिनेमामा उनकै लगानी र स्क्रिप्ट लेखन छ । उनी ३२ वर्ष अगाडि निर्देशित ‘उजेली’ नामक डकु-ड्रमाका लागि चर्चित छन्।
सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णको अभिनय र अमितेष शाह विशेष भूमिका छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता नकिम उद्दिन हुन् ।
मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता रहेको सिनेमामा अमितेष शाह सहायक निर्माता र अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, अकी थेक्पाको आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।
सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।