नेटफ्लिक्सले किन्यो भारु २७५ करोडमा “पुष्पा २” को डिजिटल अधिकार

0 Shares

नेटफ्लिक्सले बहुप्रतिक्षित भारतीय फिल्म “पुष्पा २” को डिजिटल अधिकार भारु २७५ करोडमा किन्ने भएको छ।

यो सम्झौता भारतीय सिनेमा इतिहासमा सबैभन्दा ठूलो डिजिटल अधिकार खरिदमध्ये एक मानिएको छ।

रिलिज हुनु अघि, फिल्मले विभिन्न अधिकार बिक्रीबाट भारु १,०८५ करोडको आम्दानी गरिसकेको छ।

अल्लु अर्जुनले यस फिल्मका लागि हालै राष्ट्रिय चलचित्र पुरस्कार जितेपछि नेटफ्लिक्सको निर्णयमा पनि प्रभाव परेको अनुमान गरिएको छ।

सभी डिजिटल अधिकार बिक्रीलाई जोड्दा कुल आम्दानी भारु ४२५ करोड पुग्छ।

फिल्मले आन्ध्र प्रदेश र तेलंगानामा भारु २२० करोड, उत्तरी भारतमा भारु २०० करोड, तमिलनाडुमा भारु ५० करोड, र कर्नाटकमामा भारु३० करोड कमाएको छ। यसले केरलामा भारु २० करोड र विदेशी बजारमा भारु १४० करोड पनि कमाएको छ, जहाँ संगीत अधिकार भारु ६५ करोडमा र स्याटलाइट अधिकार भारु ८५ करोडमा बिक्री गरिएको छ।

सम्बन्धित समाचार

सबै