‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैयाँ चाँदीको’ सार्वजनिक

0 Shares

‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक भएको छ।

कात्तिक १५ गते लक्ष्मीपूजाको अवसर पारेर प्रदर्शन हुने यस सिनेमाको ‘रैयाँ चाँदीको’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक भएको हो।

दोहोरी शैलीमा बनेको यो गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ भने नवराज पन्त यसका गीतकार हुन्। यसमा संगीत आशिष अविरल दिएका हुन्।

झन्डै ९ मिनेट लामो गीतमा प्रेम र रमाइलो घोचपेचका कुराहरूले प्रस्तुत गरिएको छ।

सरोज पौडेलको निर्देशनमा बनेको यस सिनेमामा विजय बराल, अञ्जना बराइली प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, बुद्धि तामाङ, देशभक्त खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्, र यसको निर्माण विनोद पौडेल र प्याट्रिक सुवेदीले गरेका छन्।

सम्बन्धित समाचार

सबै