
अभिनेता शिवकुमारको छोरा भए पनि, सूर्याले हालैको एक अन्तरवार्तामा अभिनयलाई कहिल्यै पेशा बनाउने बारेमा नसोचेको बताएका छन्।
सुरुमा उनले आफ्नो एउटा कम्पनी सुरु गर्ने सपना देखेका थिए, तर परिस्थितिले उनलाई अभिनयमा होमायो। उनले अन्तरवार्तामा आफ्नी आमाको २५ हजार भारतीय रुपैयाँ ऋण चुकाउनका लागि अभिनेता बनेको बताएका छन्।
सिनेमामा आउनुअघि सूर्याले आफ्नो गार्मेन्ट उद्योगमा काम गर्थे। त्यहाँ प्रशिक्षार्थीको रूपमा काम गर्दा १५ दिनको भारु ७५० पाउँथे भने तीन वर्षपछि उनको मासिकतलब भारु ८,००० पुगेको थियो। उनले आफ्नो बुवाबाट भारु १ करोड रुपैयाँ लगानी लगाएर आफ्नो कम्पनी खडा गर्ने योजना बुनेका थिए। अभिनय गर्ने उनको योजनामा कहिल्यै थिएन।
तर, सब कुरा इक दिन परिवर्तन भयो जब उनकी आमा लक्ष्मीले उनलाई उनको बुबालाई जानकारी नदिइ २५ हजार ऋण लिएको खुलासा गरिन्।
सूर्याले भने, ‘आमाले भन्नुभयो कि हाम्रो बैंक सन्तुलन कहिल्यै एक लाख वा एक लाख पन्ध्र हजारभन्दा बढी भएको थिएन। बुबाले कहिल्यै आफ्नो तलबको लागि दबाब दिनु हुन्न; उनी तलब आउँदा मात्र पर्खिनुहुन्थ्यो। त्यस समय बुबाले लगातार छैटौं महिना वा दस महिनाभन्दा बढी काम गर्नुभएको थिएन।‘
आफ्ना बाबुको कारण उनले सिनेमाका लागि प्रस्तावहरु पाइरहेका थिए तर उनको सपना कम्पनी खडा गर्ने भएकाले सोप्रति उनको चासो रहेन। उनलाई सिनेमामा ल्याउन मणि रत्नमको सिनेमा निर्माण कम्पनीले निरन्तर ताकेता गरिरहेको थियो। मणिरत्नमको कम्पनीको निरन्तर चासो र सिनेमा गर्ने प्रस्तावले अन्ततः उनी सिनेमामा आउन प्रेरित भए।
‘मैले कहिल्यै सोचेको थिइन कि म फिल्म उद्योगमा हुनेछु। मैले कहिल्यै क्यामेराको सामु जान चाहेको थिइन र अभिनेता बन्ने सपना पनि देखेको थिइन’ सूर्याले भनेका छन्, ‘म उद्योगमा आमाको २५ हजार ऋण तिर्न आएको थिए। ऋण तिरेपछि मैले आमालाई उहाँ ऋण तिरिएको र अभ आइन्दा सोको चिन्ता नलिन भने। यसरी मेरो करियरको शुरुआत भयो।‘
सूर्याले १९९७ मा रिलिज भएको नेरुक्कु नेर फिल्मबाट अभिनयमा डेब्यू गरे। यो फिल्म वसन्तले निर्देशन गरेका थिए र मणि रत्नमले उत्पादन गरेका थिए। फिल्ममा विजय मुख्य भूमिकामा थिए, र कौसल्या र सिमरनले महिला प्रमुख भूमिकामा काम गरे।
सूर्याले आगामी फिल्म कंगुवामा डुअल रोल खेल्नेछन्, जुन सिभाले निर्देशन गरेका छन् र यो फिल्म १४ नोभेम्बरमा थिएटरमा रिलिज हुनेछ। यस फिल्ममा बबी देओल र दिशा पटानी पनि छन्।