सन्तोष सेनको गिरी र सुवेदीलाई चुनौती: ‘साइबर सेना’को कमान्डर प्रमाणित गर

0 Shares

निर्माता सन्तोष सेनले आफूलाई ‘साइबर सेना’को कमान्डर भएको प्रमाणित गर्न दीपकराज गिरी र पत्रकार प्रकाश सुवेदीलाई चुनौती दिएका छन्। केही समयदेखि ‘१२ गाउँ’को प्रचार गर्दै ‘छक्का पञ्जा ५’लाई गाली गर्न सन्तोष सेनले साइबर सेना प्रयोग गरेको आरोप लाग्दै आइरहेको थियो।

हालै सुवेदीको टेलिभिजन शोमा पुगेका गिरीले सेनको फिल्मविरुद्ध साइबर सेना परिचालन गरेको बताएका थिए। सेनले सोही आरोपको प्रतिकार गर्दै आफ्नो फेसबुकमा भिडियो पोस्ट गरेका छन्, जसमा उनले आरोपहरूलाई खण्डन गरेका छन्।

बुधबार पोस्ट गरिएको भिडियोमा सन्तोषले प्रमाण पेश गरेर मात्र बोल्न आग्रह गरेका छन्। उनले भने, “मैले कसरी साइबर सेना वा फोन, म्यासेज गरेर केही भनेँ? यो विषयमा टुंगो लगाउनुपर्छ। अहिलेको डिजिटल युगमा सबै कुरा थाहा भइहाल्छ।”

सेनले प्रहरीमा गएर मुद्दा हल गर्नको लागि पनि संकेत गरेका छन् र आफूले कसैको पनि गाली गर्न नपाइने बताएका छन्। उनले भने, “दर्शकलाई गाली गर्नु भन्दा धन्यवाद दिनु राम्रो हो। दर्शक भनेको हाम्रो भगवान हुन्।”

दसैं र तिहार सबैका पर्व भएको र यो कसैको नभएको बताउँदै सेनले दीपकको फिल्मको रिलिज मितिमा परिवर्तन गर्न लागेको र दीपकलाई शुभकामना दिए पनि गिरीको कुनै प्रतिक्रिया नआएको बताएका छन्।

सन्तोषले भने, “म सधैं सबै फिल्म सफल होस भन्ने चाहन्छु।”

उनले आगामी फिल्म ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’मा रहेको र त्यसैले फिल्मको प्रचारमा बढी ध्यान दिएको बताएका छन्।

सामाजिक सञ्जालमा ‘१२ गाउँ’को प्रचारलाई गिरीको फिल्मप्रति साइबर सेना को आक्रमणको रूपमा प्रस्तुत गरिएको छ। सन्तोषले गिरीको ब्यानरले सिनेमा बनाएर पैसा कमाए पनि सिनेमा उद्योगका लागि कुनै योगदान नरहेको टिप्पणी गरेका छन्।

सन्तोषले भने, “एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड कमाउँदैमा सिनेमा उद्योग धानिदैन।”

उनले दीपकको फिल्महरूले सस्तो बजेटमा काम गरिरहे पनि त्यसले उद्योगलाई अगाडि बढाउन मद्दत नगर्ने बताएका छन्।

सन्तोषले नेपाली सिनेमा उद्योगमा समीर भट्टको उदय भएको स्वीकार गर्न सबैलाई आग्रह गरेका छन् र उनले यसलाई काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयसँग तुलना गरेका छन्।

सम्बन्धित समाचार

सबै