‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक

0 Shares

त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ।

गीतमा सुमित मलिक र कृशला चौधरीको युगल स्वर रहेको छ भने यसका रचनाकार श्याम किशोर मण्डल हुन् भने संगीत गायक मलिककै हो।

यसैगरी गीतको म्युजिक भिडियोमा काजल कर्ण र राजीव समरको मोडलिङ देख्न सकिन्छ। भिडियोमा गाउँको प्रेम कथा प्रस्तुत गरिएको छ। काजलले मन्दिर नजिकै फूल बेच्ने युवतीको भूमिका निर्वाह गरेकी छन्, भने राजीव परम्परागत चेक सर्ट र गम्छामा ग्रामीण परिवेशको युवकको रूपमा देखिएका छन्। भिडियोले उनीहरू बीचको माया, संघर्ष, र ग्रामीण जीवनशैलीलाई चित्रण गर्दछ।

कोरियोग्राफरका रूपमा परिचित राजीव समरले यस म्युजिक भिडियोमार्फत आफ्नो पहिलो अभिनय यात्रा सुरु गरेका हुन्।

‘माने ना जिया’को छायांकन सागर यादवले गरेका हुन् भने सम्पादन र कलर संयोजन सुप्रिम पराजुलीले गरेका छन्। यस म्युजिक भिडियोका निर्माता काजल कर्ण हुन् भने सह-निर्मातामा राहुल कर्ण छन्।

राजीव समरको निर्देशन र कोरियोग्राफीमा बनेको यो भिडियोले मैथिली संगीतमा नयाँ र आकर्षक आयाम थप्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै