‘फिरफिरे फिरिरी’ सिनेमाले आफ्नो कार्तिक २२ गतेको रिलिज स्थगीत गरेको छ। निर्माणपक्षले यसका लागि प्राविधिक कारण भएको जानकारी दिएको छ।
प्रेस विज्ञप्ति रिलिज स्थगित गरेको निर्माण पक्षले सिनेमा अब माघ ४ गते रिलिज हुने जनाएको छ ।
नविन भट्टको निर्देशित सिनेमा सिनेमामा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थीको अभिनय रहेको छ ।
श्रेष्ठ र उप्रेतीको यो डेब्यू सिनेमा हो। यस्तै सिनेमाको पटकथा निर्देशक भट्ट र सन्दीप श्रेष्ठले संयूक्तरुपमा लेखेका हुन्।
हरर कमेडी जनराको यो सिनेमाका निर्माता मनोज कुमार अधिकारी हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए ।
नितिश पुन सह-निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ ।