‘ह्रस्व दीर्घ’को जापान प्रदर्शन अधिकारी बिक्री भएको छ। सिनेमा कार्तिक ३० गते रिलिज हुँदैछ।
चर्चित भारतीय चरित्र अभिनेताहरु समेतको प्रमुख भूमिका रहेको सिनेमाको जापान अधिकार विटिकेएस इन्टरटेन्मेन्टले लिएको छ। प्रदर्शन अधिकारको खरिद मूल्य भने निर्माण पक्षले खुलाइएको छैन ।
सिनेमा जापानका ११ शहरमा रिलिज हुनेछ।
टोकियो, नारिता, नागोया, फुकुओका, चिबा, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका, एबीको, फुनाबासी लगायत १४ सहरमा सिनेमा प्रदर्शन हुनेछ। जापान अधिकार बिक्री भएपनि त्यहाँको प्रदर्शनमिति भने घोषणा भइसकेको छैन।
सिनेमामा दक्षिण भारतीय सिनेमाका चर्चित अनुहारहरु ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, कवीर दुहान सिंह र सुनिल वर्मासहित नेपाली कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा लगायतको अभिनय छ ।
चन्द्र पन्त सिनेमाका निर्देशक हुन् । द्वन्द्व निर्देशनमा स्थापित उनको यो डेब्यू निर्देशन हो । नेपालीमा डेब्यू निर्देशन भएपनि उनले यसअघि केही भोजपुरी सिनेमाको भने निर्देशन गरिसकेका छन् ।
नीता सिनेमास्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।