‘डोरी’ सिनेमा निर्माण हुने भएको छ। सिनेमा हरर, थ्रिलर, एक्सन र कमेडीको समिश्रणका रुपमा पर्दामा आउनेछ।
तिहारमा थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरिएको हो। सिनेमालाई अरुण लामाले निर्देशन गर्नेछन्। उनले यसअघि विभिन्न लघु सिनेमा र वृत्तचित्र निर्देशन गरिसकेका छन्। यो उनको पहिलो फिचर डेब्यू हो। सिनेमाका लेखक पनि लामा आफैं हुन्।
सिनेमामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारको अभिनय रहनेछ।
आगामी वर्ष रिलिज हुने बताइएको सिनेमामा अभिनेत्रीको भने हालसम्म टुंगो लागेको छैन।
निर्देशक लामाले सिनेमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताएका छन्। उनका अनुसार सिनेमाले हाँसो, त्रास र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकाले प्रस्तुत गर्नेछ।
‘मिस्टर एक्स’को निर्माण रहेको सिनेमामा कार्यकारी निर्माता राज थापा हुन्। सिनेमामा सौरभ लामाको छायांकन र राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ।