नेपाली वक्सअफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’ सुपरहिट, आक्रमक व्यापार जारी

0 Shares

लक्ष्मीपूजामा रिलिज भएको नेपाली सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली वक्सअफिसमा सुपरहिट सावित भएको छ।

सिनेमाको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार सिनेमाले करिब ४ करोड ८७ लाख कमाइ गरेको छ ।

नेपाली प्रदर्शकहरु पूर्वानुमानलाई माथ खुवाउँदै सिनेमाले नेपाली वक्सअफिसमा धामाकेदार व्यापार गरिरहेको छ।

रिलिज अगाडि ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को प्रभाव अझै कम नभएको र बलिउडका दुई ठूला सिक्वेल ‘सिंघम अगेन’ र ‘भूल भुलैयाँ ३’का कारण ‘पूर्ण बहादुरको सारङ्गी’लाई बक्स अफिसमा सजिलो नहुने अनुमान गरिएको थियो।

तर प्रदर्शकहरुको उपेक्षापूर्ण शोका साथ रिलिज भएको सिनेमाले आम दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेपछि आक्रमक व्यापार गर्न सफल भयो। हाल नेपाली सिनेमा हलमा बलिउड रिलिजका शोहरुलाई धमाधम आफ्नबो पक्षमा पारेको छ।

एक वितरकले सिनेमाको यो व्यापारिक रफ्तार छिट्टै नरोकिने बताए। उनले सिनेमाले निर्मातालाई कम्तीमा १० करोड बराबरको सेयर दिने दाबी गरे।

सिनेमाका लागि हलहलमा अत्याधिक चाप भएपछि सिनेमाघरहरु बिहान सबेरैदेखि अबेर रातिसम्म शो राखेका छन्।

उनीहरु सिनेमाको प्रदर्शनलाई अभूतपूर्व भनेका छन्।

सुरज पौडेल निर्देशित सिनेमामा विजय बराल शीर्षक भूमिकामा छन् भने उनका अलावा मुकुन भुषाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, भोलाराज सापकोटा आदिको प्रमुख भूमिका रहेको छ।

सिनेमालाई नेपाली सिनेमाको डायस्पोरा वितरक सेभेन सिजले निर्माण गरेको हो।

सम्बन्धित समाचार

सबै