0
Shares

निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर ‘बेहुली फ्रम मेघौली’ले ओटीटी प्लेटफर्ममा पनि उत्साहजनक व्यापार गरेको छ।
यो सिनेमालाई ओटीटी प्लेटफम १९ हजार बढि दर्शकले हेरेका छन् ।
निर्माता तथा अभिनेता निश्चल बस्नेतले मंगलबार बेलुका ओटीटी भ्यूजको तथ्यांक सार्वजनिक गरेका थिए।
सो अनुसार १९ हजार भ्यूजबाट सिनेमाले ७६ लाख रुपैयाँभन्दा बढि कमाइ गरेको छ ।
दर्शकहरुको चापकाबीच नै आफ्नो सिनेमालाई किनारा गरिएको भन्दै निश्चलले हलमा जारी रिलिजलाई स्थगीत गर्दै ओटीटीमा रिलिज गर्ने घोषणा गरेका थिए।
उनले एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज गरेका हुन् जहाँ दर्शकले एकैदिनभित्र हेर्न २ सय ९८.२० रुपैयाँ तथा सातादिनभित्रका लागि ४ सय २० रुपैयाँ तिर्नुपर्छ ।
साजन काफ्ले र आकाश बराल सिनेमाका लेखक तथा निर्देशक हुन्।