‘तेल भिसा’को ट्रेलर सार्वजनिक, डायस्पोरामा संघर्षरतः नेपालीको कथा

0 Shares

‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो।
सिनेमा मंसिर ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

सार्वजनिक ट्रेलर नेपाली डायस्पोराको नेपाली समुदायको कथा बोल्छ। ट्रेलरमा गर्भावस्थामा अमेरिका रहेकी बुहारीको सहयोगका लागि सासु अमेरिका पुगेपछि आउने कथानक मोडमा सिनेमा आधारित रहेको देखाइएको छ।

सिनेमाका निर्देशक तथा लेखक शंकर घिमिरे हुन्।

‘तेल भिसा’मा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, वुद्दि तामाङ, सुचित्रा उप्रेती लगायतका कलाकारहरुको अभिनय छ ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानीमा तयार भएको सिनेमामा सुशन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत छ ।

अभिनेता विपिन कार्कीले यो सिनेमामा बाबु र छोराको दुई वटा भूमिकामा अभिनय गरेका छन् ।

 

सम्बन्धित समाचार

सबै