कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउँदै विशाल

0 Shares

लोकप्रिय कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुने भएको छ।

‘कमेडी क्लब विथ च्याम्पियन’ को सफलतापछि, सोही टिम अब नयाँ शो लिएर पुनः दर्शकमाझ आउन लागेको हो।

कार्यक्रममा प्रस्तुति दिने सबै कलाकारहरूले शोको लोगो सार्वजनिक गर्दै यसबारे औपचारिक जानकारी दिएका छन्।

यसपटक शोको निर्देशन चर्चित निर्देशक विशाल भण्डारीले गर्दैछन्।

कार्यक्रममा हास्य कलाकारहरूको टिममा सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट्टराई, भरतमणी पौडेल, सन्तोष थापा, सुमन कोइराला, र प्रभात लामा थपिएका छन्।

कार्यक्रममा अध्यक्ष र निर्णायकको भूमिकामा कलाकार तथा निर्देशक दिपाश्री निरौला यसपटक पनि यथावत रहनेछिन्।

पहिलो सिजनलाई दर्शकले अत्यन्त रुचाएका थिए। निर्देशक तथा कार्यक्रमका होस्ट विशाल भण्डारीका अनुसार, दोस्रो सिजन अझ भव्य सेटमा खिच्ने तयारी भैरहेको छ।

यसपटक दर्शकले मनपराएका कमेडियनहरूको उत्कृष्ट प्रस्तुति हेर्न पाउनेमा निर्माण टिम पूर्ण रूपमा विश्वस्त छ।

यो नयाँ सिजन मंसिर महिनाको अन्त्यतिरबाट हिमालय टेलिभिजन र ओएसआर रियालिटी च्यानलमार्फत प्रसारण हुनेछ।

सम्बन्धित समाचार

सबै