‘कार्साङ’को लेकाली गोठालो लुक्समा यस्तो देखिए जितु

0 Shares

‘कार्साङ’ सिनेमाले अभिनेता जितु नेपालको चरित्र पोस्टर सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरमा जितुले कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका छन् भने घुँडामा झोला अड्याइरहेको देख्न सकिन्छ । साथै

उनले हातमा कचौरो बोकेका छन् भने पोस्टरको पृष्ठभूमिमा घर, पहाड, कुहिरोसमेत देख्न सकिन्छ।

यस्तै पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ ।

यसअघि सिनेमामा रहेको दयाहाङ राईको चरित्र पोस्टर सार्वजनिक भइसकेको छ।

यम शेर्पा सिनेमाका लेखक तथा निर्देशक हुन्। यो उनको डेब्यू सिनेमा हो।

सिनेमा पुस २६ गते रिलिज हुनेछ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको सिनेमामा जितु र दयाहाङका अलावा डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमा पुरुषोत्तम प्रधानले खिचेका हुन्। उनी नै सिनेमाका निर्मातासमेत हुन्।

सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार सुमन पराजुली तथा सोमलाल थोकरले लिएका छन् भने नेपालमा आरआर फिल्म्स्ले वितरण गर्नेछ ।

सम्बन्धित समाचार

सबै