रिलिजको संघारमा ‘ह्रस्व दीर्घ’ले नयाँ गीत रिलिज गरेको छ।
सिनेमाले ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा आमाको बयान गरिएको छ।
सार्वजनिक गीतमा सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना छ । सन्तानका लागि आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा सुन्न सकिन्छ ।
सिनेमा कार्तिक ३० गते रिलिज हुनेछ ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको सिनेमामा नेपाली र दक्षिण भारतका कलाकारहरुको अभिनय रहेको छ।
सिनेमामा ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपनासँगै नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतको अभिनय रहेको छ ।
हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।
सिनेमाका छायाँकार बलिउडका प्रसिद्ध छायाँकार कवीरलाल हुन् ।
नीता ढुंगाना निर्माता र धनन्जय गलानी कार्यकारी निर्माता रहेको सिनेमा विश्वभर नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ । तेलुगु भाषामा पनि सिनेमाको स्वरांकन गरिएको छ।