0
Shares

बहुप्रतिक्षित मानिएको ‘वार २’ को टिजर आज सार्वजनिक गरिएको छ। यशराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गत निर्माण भएको फिल्मको टिजरमा ऋतिक रोशन र साउथ सुपरस्टार जूनियर एनटीआरबीचको भिडन्त प्रस्तुत गरिएको छ।
१ मिनेट ३४ सेकेन्डको टिजरले फिल्ममा देखाइने एक्शन र थ्रिलको झलक दिएको छ। तर जति एक्सनका दृश्य समावेश छन् तिनमा कुने नविनता भने छेन। हेर्दैमा हलिउड फिल्महरुबाट अति प्रभावत रहेको देख्न सकिन्छ ।
टिजरको सुरुवातमै तीव्र एक्शन दृश्य, बन्दुकको गोली र विस्फोटले भरिएको छ,भने केही फ्रेमहरूमा कियारा आडवाणीको झलक देखिन्छ।
निर्देशक अयान मुखर्जी निर्देशित फिल्म ‘वार २’ आगामी १४ अगस्ट २०२५ मा भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर विश्वव्यापी रूपमा रिलिज हुने तयारीमा छ।