0
Shares

टम क्रुज अभिनीत बहुप्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल ८’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार साँझ यस फिल्मको ट्रेलर र पोस्टर सहित प्रदर्शन मिति पनि घोषणा गरिएको हो।
मिसन इम्पोसिबल श्रृंखलाको यो आठौं भागलाई ‘द फाइनल रेकोनिङ’ नाम दिइएको छ। फिल्म २०२५ को मे २३ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तय भएको छ।
यस भागमा पनि टम क्रुजले इथन हन्ट नामक जासूसी पात्रको भूमिका निभाएका छन्। यसपटक, हन्टको मिशन संसारलाई एक खतरनाक कृत्रिम बुद्धिमत्ता (AI) को सिर्जना गरिएको प्रोग्राम ‘द इन्टाइटी’ बाट बचाउनु हो, जसले मानव सभ्यतालाई संकटमा पार्न सक्छ।
फ्यानहरूले यो सिरिजको रोमाञ्चक र साहसिक मिशनलाई निरन्तरता दिन आउने नयाँ भागको प्रतीक्षामा उत्सुकता व्यक्त गरेका छन्।