नारायण गोपालको वायोपिकबाट निर्देशनमा फर्किने तयारीमा प्रकाश

0 Shares

‘पृथ्वी’, ‘सीमाना’, र ‘अवतार’ जस्ता सफल सिनेमा दिएका प्रकाश सायमी पुनः निर्देशनमा फर्किने भएका छन्।

पछिल्लो सिनेमा निर्देशन गरेको २५ वर्षपछि उनी निर्देशनमा फर्किन लागेका हुन्।

करिब २५ वर्षपछि, उनी स्वरसम्राट नारायणगोपालको बायोपिक निर्माण गर्दै निर्देशनमा कमब्याक गर्न लागेका हुन्। यसै साता पोखरामा आयोजित आफ्नो पुस्तक स्वरसम्राट नारायणगोपाल को विमोचन समारोहमा सायमीले यो घोषणा गरेका हुन्।

सायमी सन् १९९० मा रिलिज भएको ‘पिरती’ फिल्ममार्फत् निर्देशनमा होमिएका सायमीले पछिल्लो सिनेमा १९९९ मा ‘हतियार’ निर्देशन गरेका थिए। त्यसयता सायमी समालोचक तथा विश्लेषकका रुपमा प्रचलित छन्।

‘म आफैंले लेखेको पुस्तक स्वरसम्राट नारायणगोपाल मा आधारित भएर फिल्म बनाउन लागिरहेको छु। यही फिल्ममार्फत् म निर्देशनमा पुनः फर्किनेछु।’, सायमीले भने ।

उनले यो सिनेमा सेल्युलोइड फर्म्याटमा फिल्म निर्माण गर्ने योजना बनाएका छन्।

विमोचन समारोहमा उनले निर्देशन नछाडेको, बरु केही समयको लागि विश्राम मात्र लिएको बताएका थिए।

निर्देशनमा सक्रिय रहँदा सायमीले एक मैथिली फिल्म हंसा चलल परदेश समेत निर्देशन गरेका थिए।

समालोचना र साहित्यमा पनि उत्तिकै योगदान पुर्याएका उनले नेपाली र अंग्रेजी भाषामा ११ भन्दा बढी पुस्तकहरू प्रकाशित गरिसकेका छन्।

सायमीको निर्देशनमा बन्ने यो नयाँ फिल्मले स्वरसम्राट नारायणगोपालको जीवन र संघर्षलाई पर्दामा पुनः जीवित गराउने अपेक्षा गरिएको छ।

May be an image of 1 person, Tower Bridge and text

सम्बन्धित समाचार

सबै