कमाइका सबै कीर्तिमान ‘पूर्ण बहादुरको सारङ्गी’बाट भंग

0 Shares

‘पूर्ण बहादुरको सारङ्गी’ले वक्सअफिसमा ‘कबड्डी ४’ले राखेको सर्वाधिक कमाइको कीर्तिमान भंग गरेको छ ।

दुई वर्षअघि ‘कबड्डी ४’ले २३ करोड ५० लाख रुपैयाँ कमाउँदै सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको दाबी गरेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’लाई यो कीर्तिमान तोड्न केबल १३ दिन पर्‍याप्त रह्‍यो ।

फिल्मले मंगलबारसम्म २५ करोडमाथि कमाई गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टको दाबी छ यध्यपी चलचित्र विकास बोर्डले भने बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन ।

राठीका अनुसार मंगलबार मात्र फिल्मले २ करोड ५ लाख ग्रस कमाइ गरेको छ।

बुधबार फिल्मले २ करोडमाथि व्यापार गर्ने उनको भनाइ छ । यही रफ्तारमा कमाइ जारी रहे सिनेमाले ३० करोडको आँकडा सजिलै पार गर्न सक्ने चर्चा फिल्मी वृत्तमा चलेको छ । कामइको कीर्तिमानसँगै सिनेमाले सर्वाधिक नाफा आर्जन गर्ने सिनेमाको कीर्तिमानतर्फ पनि अघि बढेको छ।

यसका अलावा सिनेमाले एकैदिनमा धेरै शो पाउने र धेरै कमाई गर्ने फिल्मको कीर्तिमानसमेत बनाएको छ।

रिलिज साताको अन्तबाट अन्त्यबाट साढे ४ सय बढी शो पाएको सिनेमाले दोस्रो हप्ताको शनिबार ३ करोड ८९ लाख कमाउँदै एकैदिन सबैभन्दा बढी कमाई गर्ने फिल्मको कीर्तिमान बनाएको थियो ।

यसअघि बनेका प्रायः सबै कीर्तिमान सिनेमाले भंग गरेको छ ।

रिलिजका सुरुवाती दुई दिनेमा सिनेमाघरहरुमा निराशाजनक फुटफल थियो तर जसै जब फिल्म हेरेर दर्शकहरु रोएका केही भिडियो टिकटकजस्ता प्लेटफर्ममा भाइरल हुन थाले सिनेमाघरहरुमा दर्शकहरुको चाप अभुतपूर्वढंगले बढ्यो।

बढ्दो चाप थेगन हाल नेपाली सिनेमाहलहरुले राति अबेरसम्म हल संचालन गर्दा पनिन दर्शकहरुले टिकट पाउन नसकेको बताइएको छ ।

यति अभूतपूर्व छ कि साथै रिलिज भएका अजय देवगन तथा कार्तिक आर्यनजस्ता स्टारका चर्चित फ्रान्चाइच बलिउड सिनेमासमेत किनारा लागे।

यस्तै देशभरको ठूलो हलचेन क्यूएफएक्स संलग्न सिनेमा ‘मिसिङ – केटी हराएको सूचना’ले रिलिजमिति स्थगीत गर्‍यो भने आज बिहीबारबाट रिलिज हुने ‘कंगुवा’ सिनेमा नेपाल भित्र्याउनबाट नेपाल वितरकसमेत पछि हट्न विवश भए ।

बाबु-छोराबीचको सम्बन्धको कथामा बनेको सरोज पौडेल निर्देशित ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल लगायतको अभिनय छ ।

सम्बन्धित समाचार

सबै