0
Shares
‘तेल भिसा’का निर्देशक शंकर घिमिरे र अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरेविरुद्ध ठगीको आरोपमा उजुरी परेको छ।
उनीहरूविरुद्ध अमेरिकामा लैजान्छु भनेर ठगी गरेको आरोप छ । उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको हो। उजुरी दिने व्यक्तिको नाम भने प्रहरीद्वारा सार्वजनिक गरेको छैन् ।
शंकर र ऋचा एक दशकदेखि अमेरिकामा बस्दै आएका छन् र उनीहरूले तेल भिसाको छायांकन पनि त्यहीं गरेका हुन्। अहिले उनीहरू फिल्मको रिलिजका लागि नेपाल आएका छन्। यद्यपि, यस बारेमा ऋचा र शंकरको कुनै प्रतिक्रिया आएको छैन।
सिनेमा मंसिर ७ गते रिलिज हुँदैछ ।
यो सिनेमाले अमेरिका जान चाहने नेपालीहरूको कानुनी समस्याको कथा प्रस्तुत गर्दै छ। विपिन कार्की दोहोरो भूमिका निभाएको यो सिनेमामा वर्षा राउत, पूजा चन्द लगायतका कलाकारहरूले अभिनय गरेका छन्।