रंगीन पर्दामा आउने भयो ‘परालको आगो’

0 Shares

कथाकार गुरुप्रसाद मैनाली लिखित ‘परालको आगो’ कथामा सिनेमा निर्माण हुने भएको छ ।

मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएसँगै सिनेमा निर्माण पक्का भएको हो ।

‘परालको आगो’ मैनालीकृत ‘नासो’ कथासंग्रह संग्रहित छ ।

निर्माता सुशील पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसाद मैनालीले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन् ।

निर्माता पोखरेलका अनुसार सिनेमा आगामी वर्षको दशैंमा रिलिज हुनेछ ।

४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले यही कथामाथि सिनेमा निर्माण गरेका थिए। सो सिनेमा श्यामश्वेतमा खिचिएको थियो ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले सिनेमामा प्रस्तुत गर्न लागेको बताए ।

लक्ष्मण सुनार निर्देशक रहेको सिनेमा फागुनदेखि छायांकनमा जानेछ ।

निर्माण पक्षले हाल कलाकार छनौटको चरणमा आफूहरु रहेको जनाएको छ ।

‘परालको आगो’कथाले जोइपोई चामे र गौँथलीको घरझगडा र मेलमिलापको कथा पेस गर्छ।

सिनेमामा सुशील देबकोटा लेखन सुरेन्द्र रानाको शब्द सत्यस्वरुपको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । नरेन्द्र घिमिरे निर्माण नियन्त्रका रुपमा रहनेछन् ।

निर्माता पोखरेलले यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ लगायतका सिनेमाहरु निर्माण गरेका थिए।

 

सम्बन्धित समाचार

सबै