साउन २३ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ बोलको सार्वजनिक भएको छ।
थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यस गीतमा प्रभा बर्तौलाको शब्द र थानेश्वर गौतमकै संगीत रहेको छ।
सार्वजनिक गीत वियोगान्त छ। गीतका शब्दहरू कर्णप्रिय छन्। यस गीतले फिल्मका पात्रहरूको वियोगान्त कथा बोलेको छ।
फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्।
फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरूको मुख्य भूमिका छ। फिल्ममा बाल–कलाकारको रूपमा सारा शर्माले अभिनय गरेकी छिन्।
दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स रहेको छ। कुमार महर्जनको एक्सन रहेको फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ। गिरिराज घिमिरे मुख्य सहायक निर्देशनमा छन्। फिल्मको ट्रेलर र दुई गीतले दर्शकको ध्यान खिचिसकेको छ।