अमेरिकामा ‘पूर्णबहादुरको सारङ्गी’ले बनायो सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान

0 Shares

अमेरिकामा ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान बनाएको छ । शनिबार सिनेमाले एकैदिन २२६ शो पाएपछि यस्तो कीर्तिमान बनाएको हो। यो अमेरिकामा हालसम्म कुनै नेपाली सिनेमाले एकै दिनका लागि प्राप्त गरेको उच्च शो हो।

यसअघि ‘डिग्री माइला’ले एकैदिनमा रचेको ९० शो कीर्तिमान बनाएको थियो।

‘पूर्णबहादुरको सारङ्गी’ले टेक्सासको डालसस्थित पाँच हलमा फिल्मले २० शो पाएको छ भने ह्युस्टनका तीन हलमा ११ शो तथा ओहायो कोलम्बसका तीन हलमा १३ शो पाएको छ। यी शहरहरु धेरै शो पाउनेमा पर्छन् ।

नोभेम्बर ८  मा रिलिज भएको सिनेमाले रिलिजको पहिलो तीन दिनमा ३५० शो पाएको थियो । जबकी ‘डिग्री माइला’ले समग्रमा ५ सय ६० शो पाएको थियो । ‘पूर्णबहादुरको सारङ्गी’को जारी ट्रेन्डलाई हेर्दा यो शोलाई पनि उछिन्ने प्रक्षेपण छ ।

आइतबार पनि २२६ कै हाराहारीमा शो रहेको बताइन्छ । अमेरिका वितरक प्याट्रिक सुवेदीका अनुसार १३ वर्षे वितरण करिअरमा ‘पूर्णबहादुरको सारङ्गी’को यो व्यावसायिक उत्साह पहिलोपटक देखेको बताउँछन् । उनी वितरकसँगै यस सिनेमाका निर्मातासमेत हुन् ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्मित सिनेमा अमेरिकासहित मध्यपूर्व, पूर्वी एसियाली मुलुक र अस्ट्रेलियामा समेत प्रदर्शन भइरहेको छ ।

सम्बन्धित समाचार

सबै