मिस पवि खोज्दै `माग्ने राजा´ टोली !

0 Shares

धेरै टेक खाएको भन्दै फिल्मबाट निकालेको समाचार सार्वजनिक भए यता मिस पबी र माग्ने राजा टिमको विवाद नेपाली रजतपटका लागि अझै हट्केक बनिरहेको छ।

समाचार सार्वजनिक भएयता माग्ने राजा टिमले यस विषयमा आफूले आयोजना गरेका हरेक औपचारिक कार्यक्रममा स्पष्टीकरण दिँदै आएको छ।

स्पष्टीकरण दिने क्रममा उनीहरूले पहिला सिनेमा हेर्न र अनि त्यसपछि मात्र त्यसबारेमा टिप्पणी गर्दा राम्रो हुने भन्दै आफ्नो प्रतिरक्षा गरिरहेका छन् ।

समाचारहरूमा मिस पविले ५०० सम्म टेक खाएको भन्ने समाचार बाहिरिएको थियो। जसको समयका हिसाबले एकै दिनमा ५०० टेक  असम्भव हुने भन्दै निर्माण पक्षले त्यसलाई इन्कार गरेको थियो।

यही विवादका बीच मिस पविले अन्तर्वार्तामा माग्ने राजा फिल्म हेर्न नजाने बताइन्।

आफूले थुकेको थुक नचाट्ने भएकाले आफूले माग्ने राजा फिल्म नहेर्ने घोषणा गरिन् ।

यो फिल्मका कारण आफ्नो बदनामी भएका कारणले साे निर्णय लिएको उनको भनाइ थियो।

माग्ने बुढाबाट जनजनमा परिचित बनेका केदार घिमिरे को यो पहिलो सोलो फिल्म हो। र यो फिल्म यसरी मिस पविको समाचारका कारण विवादमा आएको निको लागिरहेको छैन।

उनीहरू यो विवादलाई टुङ्ग्याउन चाहन्छन् र प्राप्त खबर अनुसार यतिबेला माग्ने राजा टोलीले मिस पविसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ।

बुझे अनुसार उनले जति नै फोन गरे पनि यो टिमको फोन उठाइरहेकी छैनन्।

प्राप्त खबरका अनुसार माग्ने राजा टोलीले आज एउटा प्रेस मिट आयोजना गर्ने तयारी गरेको थियो। जहाँ उनीहरू जसरी पनि मिस पविलाई ल्याउने प्रयास गरिरहेका थिए।  तर जति प्रयास गर्दा पनि मिस पवि सम्पर्कमै आउन नचाहेपछि यो प्रेसमिट स्थगित भएको बुझिएको छ ।

मिस पविसँगै माग्ने बुढा अर्थात् केदार घिमिरे हेटौडा रहेकाले पनि यो प्रेसमिट आज नहुने अर्को कारण मानिएको छ।

फिल्मबाट निकालिएको घटनाबाट  आफ्नो अपमान भएको महसुस मिस पविले गरेकी छन्। उनको धेरै नै चित्त दुखेको उनी निकटस्थ स्रोत बताउँछ।

उनलाई यस विषयमा आफूलाई पूर्व जानकारी नदिइकन मिडियाबाजी गरेकोमा उनको धेरै चित्त दुखाई  छ।

सम्बन्धित समाचार

सबै