के रिलिज हुनलागेको आफ्नै फिल्म बिर्सिएका हुन् खबपुले?

0 Shares

कमेडी च्याम्पियनका फर्स्ट रनर–अप खड्गबहादुर पुनमगर (खबपु) अभिनीत नयाँ सिनेमा ‘चिठ्ठी’ यही भदौ २० गते रिलिज हुँदैछ।

तर, रिलिज मिति नजिकिँदै गर्दा खबपुले आफ्नै फिल्मलाई बेवास्ता गरेको जस्तो देखिएको छ।

केही दिनअघि मात्र ‘चिठ्ठी’ को ट्रेलर सार्वजनिक भएको थियो। तर अरुका फिल्मलाई शुभकामना दिँदै पोस्ट र सेयर गर्न व्यस्त रहने खबपुले आफ्नै फिल्मको ट्रेलर भने अहिलेसम्म सेयर गरेका छैनन्।

ट्रेलरमा खबबुलाई नै प्रधानता दिइएको देख्न सकिन्छ ।

यदि व्यस्त भएकै कारण उनले सेयर गर्न भ्याएका छैनन् भन्ने हो भने पनि प्रश्न उठ्छ—किनभने उनी अरु फिल्मका प्रिमियरमा सहभागी हुन भ्याइरहेका छन्। हिजो मात्रै उनी ‘कोशेढुंगा’ को प्रिमियरमा पुगेका थिए र फिल्मबारे प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमा पोस्टसमेत गरेका थिए।

अब जब फिल्मका कलाकार नै आफ्नै सिनेमाप्रति यसरी उदासीन देखिन्छन् भने प्रचारप्रसारमा खाडल पर्न जान्छ, जसले गर्दा फिल्म दर्शकमाझ अपेक्षित रूपमै पुग्न सक्दैन।

May be an image of 4 people, people smiling and text that says 'नरदेवीकित्मसनरा नंद्रीकिनस्मासि.को फिन्मसर मा.लि को प्रानूती सर्वकालीन सफल चलचित्र पूर्ण बहादुरको सारड्दी निर्देशक द्वारा निर्देशित सारंगी किश्मसके सहकाय GRAND PREMIERE कोशेडुड्ञ कथानक चलचित्र नेपाली लेखक/निर्देशक सरोज पाडल निर्माता फुडेल, किशोर अनुराग कार्यकारीनिर्माता कार्यकारी निर्मता दिनेश दिनेशखुका हरा प्रमुख सलनाहकार निंदेश अधिकारा 7SEVENSERS 입고비지 댄세 RSBS'

नेपालमा अहिले जोडतोडले प्रचार गरिएका फिल्महरूले समेत हलसम्म दर्शक तान्न कठिन भएको अवस्थामा, खबपुको यो उदासीनता अझै बुझिनसक्ने खालको छ।

पछिल्लो पटक उनको सामाजिक सञ्जाल हेर्दा उनले ‘चिठ्ठी’ को एउटा गीतको भिडियो बाहेक अरु सामग्री सेयर नगरेको देखिन्छ। बरु आफ्ना शो र साथीभाइका प्रोजेक्टलाई भने उनी सक्रिय रूपमा प्रमोट गरिरहेका छन्।

यसरी अरुको प्रोजेक्टका लागि समय दिने खबपुले आफ्नै सिनेमालाई प्राथमिकता नदिनुको कारण के हो? कि ‘बसन्त’ जस्तो ठूलो प्रचार पाएको फिल्मले समेत बक्सअफिसमा खासै गर्न नसकेपछि, ‘चिठ्ठी’ जस्तो सानो सिनेमाबारे चुपचाप बस्नु नै उचित ठानेका हुन्?

तर, यदि निर्माता–निर्देशकसँग असहमति छ भने पनि, आफ्नो फिल्मप्रति कलाकारको नैतिक जिम्मेवारी भने कायम राख्नैपर्छ।

आशा गरौं खबपुको मेकरहरूसँग कुनै मतभेद छैन। किनभने, फेरि पछि “मेरो फिल्म” भनेर गर्व गर्ने बेला आयो भने अहिलेको उदासीनता दर्शकले नराम्रोसँग लिन सक्छन्।

(फोटो – खबपुको फेसबुक वालबाट लिइएको हो ।)

सम्बन्धित समाचार

सबै