नयाँ फिल्म ‘लज्जावती’को शुभमुहूर्त, यी हुन् कलाकार

0 Shares

 निर्देशक राज बहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’ को शुभमुहूर्त सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा गरिएको छ। शुभमुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको छ।

शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका थिए। मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि, सिटामोल निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए। फिल्मको छायांकन पशुपति आर्यघाटबाट सुरु भएको हो र यसको सेड्युल ३० दिनको रहने निर्देशक सानेले बताएका छन्।

आहा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा सौरभ वली प्रस्तुतकर्ता, कमल प्रसाद शर्मा र सन्दीप रोकाया निर्माता, दीपक भण्डारी कार्यकारी निर्माता र भीमराज रोकाया सह–निर्माता रहेका छन्। फिल्मलाई दिव्यराज सुवेदीले खिच्नेछन् भने उनलाई प्रवीन सुवेदीले सह–छायांकारको रूपमा सघाउनेछन्। विशाल बराल मुख्य सहायक निर्देशक र रवी केसी मेकअप आर्टिस्ट हुन्।

काठमाडौं आसपास छायांकन हुने यस फिल्ममा मुकुन, श्रीकृष्ण, मेनुका र जानुकासँगै माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, र रामहरी खड्का लगायत कलाकारहरूको अभिनय रहनेछ। निर्माण टिमका अनुसार सम्पूर्ण पोस्ट–प्रोडक्सनको काम सम्पन्न भएपछि मात्र प्रदर्शन मिति घोषणा गरिनेछ।

सम्बन्धित समाचार

सबै