शुक्रबारदेखि ओटीटीमा अनमोल र जसिताको रोमान्टिक ‘फर्की फर्की’

0 Shares

शुक्रबारदेखि  अनमोल केसी र अभिनेत्री जसिता गुरुङ स्टारर रोमान्टिक ड्रामा ‘फर्की फर्की’  ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ।

फिल्म निर्माता रोहित अधिकारीले यस विषयमा जानकारी दिएका छन्।

‘फर्की फर्की’ शुक्रबारदेखि एमएसएम भिडियोमा स्ट्रिमिङ हुनेछ। सुयोग गुरुङ निर्देशित यो फिल्म टाइम लूपको कथामा आधारित छ र बक्स अफिसमा पनि राम्रो कमाइ गर्न सफल भएको थियो।

फिल्ममा अनमोल केसी र जसिता गुरुङसँगै अभिनेता रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय रहेको छ।

हाल जसिता र अनमोल केसी ‘जेरी अन टप’ सिनेमाको छायाँजनमा व्यस्त छन् ।

एमएसएम भिडियोले ‘बेहुली फ्रम मेघौली’को सफलता पछि अन्य रिलिजहरुको लाइनअप सार्वजनिक गरिसकेको छ।

यो स्ट्रिमिङ्मा ‘अगस्त्य’ रिलिज भइसकेको छ, र ‘दिमाग खराब’, ‘महाजात्रा’, ‘घरज्वाइँ’ आदि फिल्महरू पनि उपलब्ध  छन्।

 

सम्बन्धित समाचार

सबै